• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:52:31

 नेपाल फुटबल संघ ‘एन्फा’ले ‘नेपाल सुपर लिग’ को आयोजना गर्ने

 

 

मंगलवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल सुपर लिगफुटबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ । लिगमा ७ प्रदेशले भाग लिनेछन् ।

 एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको व्यवस्थापनमा आयोजना गर्न लागिएको फ्रेन्चाईज लिग प्रादेशिक अवधारणाका आधारमा हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार यो लिग आगामी बैशाख र जेष्ठ महिनामा आयोजना हुनेछ ।

एन्फाले यो लिगको लागि १४ वटा डिभिजन क्लबका १ सय ४० खेलाडी छनोट गरेर सबै प्रदेशलाई समान रुपले प्रदान गरेर टिम तयार पार्ने पनि जानकारी दिइयो । सिंगल राउण्ड रोबिनको आधारमा खेलाइने यो प्रतियोगितामा २१ लिग र प्ले अफ गरि कुल २५ खेल खेलाइनेछ ।

एन्फाले लिगको  व्यबस्थापनका लागि नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टसँग सम्झौता समेत गरेको छ ।त्यस्तै एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टकै व्यबस्थापनमा बिद्यालय स्तरीय लिगको पनि आयोजना गर्ने जानकारी दिएको छ । बिद्यालय लिगमा ११ टिम छनोट गरेर ५५ खेल आयोजना गर्ने एन्फाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

शहीद स्मारक ए डिभिजन लिगमा नेपाल प्रहरी र एपीएफ क्लब भिड्दै

      एपीएफको घरेलु मैदानमा मंगलबार दिउँसो साढे २ बजे हुने खेलमा शहीद स्मारक ए डिभिजन लिगमा आज विभागीय डर्बीमा नेपाल प्रहरी र एपीएफ क्लब

प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता सर्ने निश्चित

    नेपालगञ्ज रङ्गशालाको निर्माण कार्य नसकिएकाले प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता तेस्रोपटक सर्ने निश्चित भएको छ ।

अष्ट्रेलियाको विभिन्न चार मुख्य सहरमा नेपाली क्रिकेटको प्रचारात्मक कार्यक्रम

  अष्ट्रेलियामा आयोजना हुनेएक्सपर्ट क्रिकेट फेष्टिबल’ नाम दिइएको कार्यक्रममा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का