• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 07:01:29

निर्मला पन्तको हत्यारा पत्ता कहिले लाग्छ भन्ने आइडियल एकेडेमिकी रश्मीको प्रश्नमा, प्रधानमन्त्री ओलीले यस्तो बताए

 

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकार निरन्त लागिरहेको बताएका छन्। नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा आइडियल एकेडेमिकी रश्मी थापाले निर्मला पन्तको हत्यारा कहिले भेटिन्छ भनि प्रश्न गर्दा प्रधानमन्त्री ओलीले यस्तो बताए ।

 ‘बलात्कार जस्तो कुरा अत्यन्तै दुखद् कुरा हो। बलात्कार बेग्लै मानसिकताको कुरा हो र हत्या बेग्लै मानसिकताको कुरा  भएकोले यो मानवीय चेतना, सभ्यताको पतनको दृष्टान्त भएको बताउनुभयो । तर हामीले हत्यारा पत्ता लगाउने कोसिस गरिरहेका छौं।’   निर्मला पन्त हत्याकाण्ड मानव जाति, मानव सभ्यता र चिन्तनको लागि घिनलाग्दो चुनौति भएकोसमेत उनले बताए।

यो घटना जो अपराधीले गरे, ती अपराधीले छुट नपाउने पनि ओलीले बताए। सरकारले कारबाही गर्छ। अपराधीले कुनैपनि हालतमा छुट पाउँदैनन्ओलीले भने।   प्रहरीले शुरुमा केही गल्ती गरेको पनि उनले बताए। पछिल्लो समय एआइजीको नेतृत्वमासमेत अनुसन्धान टीम पठाइएको उनले बताए। केही आश्चर्यजनक घटनाहरु भइरहेको भए पनि अपराधी पक्राउ पर्ने उनले बताए।

 ‘अपराध यसरी गर्यौं भनेर भन्छ तर डिएनए मिल्दैन,’ ओलीले भने, ‘घटनाको छानबिन गर्ने संस्थाले स्वतन्त्र ढंगले गर्न पाएको छैन।’   कतिपयले आफ्नो झण्डा बोकेर आफ्नो ढंगले प्रभावित गरिरहेको पनि उनले बताए। जसले गर्दा अध्ययन अनुसन्धानमा अवरोध भएको र आमरुपमा नेपाल प्रहरी अनुसन्धानमा सक्षम नै रहेको उनले बताए। ९५ प्रतिशतभन्दा बढी अपराधी पत्ता लागेको पनि उनले स्मरण गरे।

 

 

प्रतिकृया दिनुहोस

कानुनले पनि हल्लाउन नसक्ने छाउ प्रथा कस्तो

छाउपडी प्रथालाई दण्डनीय बनाउने कानुन लागु भएको करिब पाँच महिना पुग्न लाग्दा पनि अझै सकारात्मक परिवर्तन नदेखिएको अधिकारवादीहरूले बताएका छन्। मध्य र

निःशुल्क शिक्षामा जोड दिन मन्त्री रावलको आग्रह

सुर्खेत, पुस २८ गते । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले मुनाफा आर्जन मात्र नभई निःशुल्क शिक्षामा समेत जोड दिन निजी स्कूल सञ्चालकहरुसँग

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

  नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हँुदा विद्युत् उत्पादन बन्द भएको छ । उत्पादन गृहमा लागेको आगो