• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:06:51

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

 

नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हँुदा विद्युत् उत्पादन बन्द भएको छ । उत्पादन गृहमा लागेको आगो नियन्त्रणमा ल्याउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, विदुर नगरपालिकाको दमकलसहित स्थानीयवासीलाई एक घण्टाभन्दा बढी समय लागेको थियो । आगलागीका कारण उक्त केन्द्रबाट विद्युत् उत्पादन बन्द हुँदा नुवाकोटसहित रसुवा र धादिङका केही स्थानमा विद्युत बन्द भएकाले राष्ट्रिय प्रसारणलाइनमार्फत गए रातिदेखि विद्युत उपलब्ध गराइएको छ ।

 

बुधबार साँझ ६ः३० बजेतिर उक्त उत्पादन गृहबाट उत्पादन भएको विद्युत् प्रवाह हुने बसबारमा ताप उत्पन्न भएर आगो लाग्दा ब्रेकर नं ६ मा रहेको छ दशमलव छ केभीको जेनेरेटर जलेर पूर्णरूपमा क्षति भएको केन्द्रका प्रमुख तारदत्त भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीले क्षति पु¥याएका उपकरण मर्मत र परिवर्तन गर्न रु एक करोडभन्दा बढी लाग्ने देखिएको छ भने सञ्चालनका लागि करीब एक साता लाग्ने अनुमान छ ।

 

प्रतिकृया दिनुहोस

कानुनले पनि हल्लाउन नसक्ने छाउ प्रथा कस्तो

छाउपडी प्रथालाई दण्डनीय बनाउने कानुन लागु भएको करिब पाँच महिना पुग्न लाग्दा पनि अझै सकारात्मक परिवर्तन नदेखिएको अधिकारवादीहरूले बताएका छन्। मध्य र

निःशुल्क शिक्षामा जोड दिन मन्त्री रावलको आग्रह

सुर्खेत, पुस २८ गते । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले मुनाफा आर्जन मात्र नभई निःशुल्क शिक्षामा समेत जोड दिन निजी स्कूल सञ्चालकहरुसँग

निर्मला पन्तको हत्यारा पत्ता कहिले लाग्छ भन्ने आइडियल एकेडेमिकी रश्मीको प्रश्नमा, प्रधानमन्त्री ओलीले यस्तो बताए

  प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकार निरन्त लागिरहेको बताएका छन्। नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग