• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 05:51:04

नेकपा (नेकपा माओवादी केन्द्र )को आठौं महाधिवेशन प्रचार प्रसार अभियान आज देखि सुरु हुदै

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी केन्द्र )को  आठौं महाधिवेशन प्रचार प्रसार  अभियान उद्घघाटन कार्यक्रम आज देखि सुरु भएको छ।

नेपालकै पुरानो क्याम्पस त्रिचन्द्र क्याम्पस बाट सरसफाइको सुरुवात गरेको छ।जनयुद्ध दिबसको अवसर पारी फाल्गुण १ गते हुने महाधिवेशन को लागी  प्रचार प्रसार र जन सयोग अभियान सुरु भएको हो !

 

आठौं महाधिवेशन को लागी ब्यापक तयारी गरि रहेको नेकपा ले पौष ११ गते देखी पौष ३१ गते सातै प्रदेश मा प्रदेश बैठक र प्रशिक्षण कार्यक्रम गरेर माओवादी भाबना आन्दोलन र इतिहास को निरंतरता विषयकमा  छलफल ,बैठक र प्रशिक्षण कार्यक्रम गरेको थियो।

 

अन्तर्राष्ट्रिय बिभाग इन्चार्ज बलाराम पुनले अब माओवादी आन्दोलन लाई कसैको ताकतले रोक्न नसक्ने र २० बर्ष पहिले को माओवादी आन्दोलन र २० बर्ष पछिको माओवादी आन्दोलन बैचारिक रुपमा परिपक्वता र रचनात्मक रुपले अघि बढेको बताउनु भएको छ।

 

उहाँले व्यंग्य गर्दै केहि दुई चार जना को नियती को कारण ले माओवादी पार्टी तलमाथि भएपनी देश र जनता को लागी सधै भरी लागी रहने  र पार्टी थप मजबुत र शसक्त भएर अघि बढने दाबी गर्नुभएको छ ।

हाम्रा सम्बादाता संग  कुरा गर्दै पुनले आफ्नो पार्टी दलाल,अबसरबादी र गद्दारहरु को पेवा र ठेक्का नभइ १० बर्ष जनयुद्ध र १७ हजार को बलिदान बाट निर्मित पार्टी भएको बताउनु भएको छ।

 

साथै आठौं महाधिवेशन फाल्गुन १ गते जनयुद्ध दिबसमा  हुने भएकोले  माओवादी प्रती आस्थावान सम्पूर्ण साथीहरू ,नेता तथा कार्यकर्ता लाई आआफ्नो ठाउँ बाट  सयोग र प्रचार प्रचार मा जोडिनको लागि  अनुरोध समेत गर्नु भएको छ।

प्रतिकृया दिनुहोस

राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन, पुन: म्याद थप्ने विषयमा मत बाझियो

 पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन भएको छ । गत मंसिर २ गते दोस्रो पटक दुई महिनाका लागि

समृद्धिबाटै समाजवादमा - अध्यक्ष दाहाल

काठमाडौँ, पुस १६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ

पूर्वराजाको राजतन्त्र फर्काउने अभियानमा रोक लगाउन सांसद झपटबहादुर रावलको माग

    संघीय संसद प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको विशेष समयमा बोल्दै सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टीका सांसद