• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:07:25

" गजल" जीवनभर तिम्रो भर पर्नु भुल भयो मेरो

 

तिमीलाई आज माया गर्नु भुल भयो मेरो

जीवनभर तिम्रो भर पर्नु भुल भयो मेरो

 

तिमीले दोबाटो खोज्दै हिड्दा पनि आज

तिमीदेखि नजिक सर्नु भुल भयो मेरो ।

 

तिमीले मलाई कति  वास्ता नगर्दा पनि

तिम्रो लागि सधैं म मर्नु भुल भयो मेरो ।

 

सधै कुल्चिएर हिड्यौ मनमा पिडा दिदै

सुवास दिदै फुल बनि झर्नु भुल भयो मेरो

 

तिमीले त पन्छ्याउदै गयौ जहिले नि

तिम्रो लागि  जंघार तर्नु भुल भयो मेरो

 

मध्य नेपाल ५ लम्जुङ्ग

मनू पौडेल "मनिषा"

प्रतिकृया दिनुहोस

कमाउला आमा धन-सम्पती जिउँदो छु म अझै -गजल

  "गजल" कमाउला आमा धन-सम्पती जिउँदो छु म अझै ।  पठाउने छु तिमीलाई ओखती जिउँदो छु म अझै । केही गर्न कै लागि यो धर्तीमा जन्म लिएको हुँ  गर्ने छु

"मुक्तक" सङ्गै खेलेका साथी भाइ हरूले भुल्दै भुल्दै गए

    मुक्तक बासी भातलाई भुटेपछी फ्राई राईस भन्छन्  थोरै  दुख सुनाइदिहोस बल्ल खाईस भन्छन्  जहाँ गएर जे गरे पनि दुख पर्दा आफ्नै भुमि  जादा

"गजल " यहाँ पिंजड़ा छ खुल्ला, तैपनि दास भैदियो।

  हिडेँथे लिएर झोला, स्वप्न अकास भैदियो। निदाएँ जसै म आँखा, आँगन पास भैदियो।   निजी धारणा अँगाली, त्यो मरुभूमिमा पुगें, सँधै जन्मभूमि आफ्नो,