• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:15:31

"गजल" मलाई मर्नै मन छैन त्यो चिहान देखेपछि

 

 

दिन सुरु हुन्छ भन्छन् ओछ्यान देखेपछि

मलाई मर्नै मन छैन त्यो चिहान देखेपछि

 

अब म सजिलै मर्छु भन्छिन् आमा पनि

आखा वरिपरि आफ्ना सन्तान देखेपछि

 

म यसकारण पनि फर्केको हु मुग्लान बाट

बेचिन लागेको नेपाली स्वाभिमान देखेपछि

 

मलाई  सानो हुनुमा  अहम् कहिले लागेन

ताकि मेरो  देश चलाउने विद्वान देखेपछि

 

उ त्यसरि कहिले हासेको थिएन आजसम्म

पेट मिचिमिची हास्यो देशको बिधान देखेपछि

रोहन ढुंगाना "अभि"

प्रतिकृया दिनुहोस

कमाउला आमा धन-सम्पती जिउँदो छु म अझै -गजल

  "गजल" कमाउला आमा धन-सम्पती जिउँदो छु म अझै ।  पठाउने छु तिमीलाई ओखती जिउँदो छु म अझै । केही गर्न कै लागि यो धर्तीमा जन्म लिएको हुँ  गर्ने छु

"मुक्तक" सङ्गै खेलेका साथी भाइ हरूले भुल्दै भुल्दै गए

    मुक्तक बासी भातलाई भुटेपछी फ्राई राईस भन्छन्  थोरै  दुख सुनाइदिहोस बल्ल खाईस भन्छन्  जहाँ गएर जे गरे पनि दुख पर्दा आफ्नै भुमि  जादा

"गजल " यहाँ पिंजड़ा छ खुल्ला, तैपनि दास भैदियो।

  हिडेँथे लिएर झोला, स्वप्न अकास भैदियो। निदाएँ जसै म आँखा, आँगन पास भैदियो।   निजी धारणा अँगाली, त्यो मरुभूमिमा पुगें, सँधै जन्मभूमि आफ्नो,