• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 05:50:27

"गजल " यहाँ पिंजड़ा छ खुल्ला, तैपनि दास भैदियो।

 


हिडेँथे लिएर झोला, स्वप्न अकास भैदियो।
निदाएँ जसै म आँखा, आँगन पास भैदियो।

 

निजी धारणा अँगाली, त्यो मरुभूमिमा पुगें,
सँधै जन्मभूमि आफ्नो, शीतलबास भैदियो।

 

म खोज्नेछु मूल्य मेरो, त्यो अनमोल आँशुको,
जहाँ मोतिको र हीरा, को उपहास भैदियो।

 

कसौटी छ जिन्दगीमा, बार थियो जताततै,
यहाँ पिंजड़ा छ खुल्ला, तैपनि दास भैदियो।

 

कुनै भक्त या भिकारी, मन्दिर जान्छ कारण,
यही हो गरीबलाई, भोजन खास भैदियो।

विष्णु भुर्तेल "पथिक" 

प्रतिकृया दिनुहोस

कमाउला आमा धन-सम्पती जिउँदो छु म अझै -गजल

  "गजल" कमाउला आमा धन-सम्पती जिउँदो छु म अझै ।  पठाउने छु तिमीलाई ओखती जिउँदो छु म अझै । केही गर्न कै लागि यो धर्तीमा जन्म लिएको हुँ  गर्ने छु

"मुक्तक" सङ्गै खेलेका साथी भाइ हरूले भुल्दै भुल्दै गए

    मुक्तक बासी भातलाई भुटेपछी फ्राई राईस भन्छन्  थोरै  दुख सुनाइदिहोस बल्ल खाईस भन्छन्  जहाँ गएर जे गरे पनि दुख पर्दा आफ्नै भुमि  जादा

" गजल" बुढेस्काल्मा नलखेट्ने कुनै संविधान बनाईदेऊ!!

  सन्तानहरुबाट निस्वार्थ हुने सम्मान बनाईदेऊ!! भगवान मातापिताको छुट्टै पहिचान बनाईदेऊ!!   चाहिँदैन मलाई सम्पति, भन्थेँ  सदैव छोरालाई! बरू