• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 05:51:17

"मुक्तक" सङ्गै खेलेका साथी भाइ हरूले भुल्दै भुल्दै गए

 

 

मुक्तक
बासी भातलाई भुटेपछी फ्राई राईस भन्छन् 
थोरै  दुख सुनाइदिहोस बल्ल खाईस भन्छन् 
जहाँ गएर जे गरे पनि दुख पर्दा आफ्नै भुमि 
जादा आफन्तहरुले फ़ेरि किन आईस भन्छन्

मुक्तक
बूढो भइयो क्यारे दाह्री कपाल फुल्दै फुल्दै गए
सङ्गै खेलेका साथी भाइ हरूले भुल्दै भुल्दै गए
आज पैसा मात्रै हेर्दारहेछन् साथी भाइहरू पनि 
कता सजिलै पैसा पाइन्छ भन्दै डुल्दै डुल्दै गए

जुद्ध पाल्पाली
रैनादेवी छहरा गाउँपालीका ४ पाल्पा
हालको बसाई भारत

प्रतिकृया दिनुहोस

कमाउला आमा धन-सम्पती जिउँदो छु म अझै -गजल

  "गजल" कमाउला आमा धन-सम्पती जिउँदो छु म अझै ।  पठाउने छु तिमीलाई ओखती जिउँदो छु म अझै । केही गर्न कै लागि यो धर्तीमा जन्म लिएको हुँ  गर्ने छु

"गजल " यहाँ पिंजड़ा छ खुल्ला, तैपनि दास भैदियो।

  हिडेँथे लिएर झोला, स्वप्न अकास भैदियो। निदाएँ जसै म आँखा, आँगन पास भैदियो।   निजी धारणा अँगाली, त्यो मरुभूमिमा पुगें, सँधै जन्मभूमि आफ्नो,

" गजल" बुढेस्काल्मा नलखेट्ने कुनै संविधान बनाईदेऊ!!

  सन्तानहरुबाट निस्वार्थ हुने सम्मान बनाईदेऊ!! भगवान मातापिताको छुट्टै पहिचान बनाईदेऊ!!   चाहिँदैन मलाई सम्पति, भन्थेँ  सदैव छोरालाई! बरू