• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 02:18:17

नेपालसँग व्यापारिक सम्बन्ध दरिलो बनाउन आफूले सक्दो सहयोग गर्ने बहराइनको प्रतिनिधिपरिषद्का सभामुख जइनको भनाइ

 

 

बहराइनको प्रतिनिधिपरिषद्का सभामुख फौजिया विन्त अब्दुल्ला जइनलले नेपालसँगको सम्बन्ध थप मजबुत र घनिष्ट बनाउन चाहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आइतबार बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनको प्रतिनिधि परिषद्का सभामुख फौजिया विन्त अब्दुल्ला जइनलसँग शिष्टाचार भेट गर्ने क्रममा यो कुरा जइनलले बताउनु भएको हो । अध्यक्ष जइनलले आगामी दिन राजनीतिक नेतृत्व तहमा सम्बन्ध विस्तार गर्न आफूले सक्दो सहयोग गर्ने बताउँदै नेपाली कामदारको सीप, लगनशीलता र इमानदारिताको प्रशंसा पनि गर्नुभयो ।

भेटका अवसरमार दुई देशबीच सम्बन्धका विविध विषयमा छलफल भएको बहराइनको मनामास्थित नेपाली दूतावासले जनाएको छ । सोही अवसरमा राजदूत सुन्दासले दुई देशबीचको सम्बन्ध थप उचाइमा पु¥याउन सरकारी तथा सांसद तहमा समेत द्विपक्षीय सम्बन्ध संयन्त्र बनाई अगाडि बढ्न प्रस्ताव गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस

सरकारले थप ९ जिल्लामा स्वास्थ्य बिमा विस्तार

सरकारले थप ९ जिल्लामा स्वास्थ्य बिमा विस्तार गर्ने भएको छ। आगामी चैत भित्र सम्ममा स्वास्थ्य बिमा कार्यवन्यन गर्ने समाजिक सुरक्षा तथा विकास समितिले

डोल्पाको सदरमुकाम दुनैमा रहेको विद्युत नहरमा पहिरो जाँदा विद्युत सेवा बन्द

  दुर्गम हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैमा रहेको विद्युत नहरमा पहिरो जाँदा विद्युत सेवा बन्द भएको छ । सदरमुकाम दुनैमा रहेको जैरिगार विद्युत

तनहुँ हाइड्रोपावरले पनि सीएमसीसँगको ठेक्का सम्झौता रद्ध गर्ने

   तनहुँ हाइड्रोपावर लिमिटेडले पनि इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्ध गर्ने भएको छ । मेलम्चीबाट काम छाडेर भागको सीएमसीलाई