• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 02:40:23

बिर्तामोड महोत्सव मा मार्सी चामल बिक्री

 झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा रु दुई लाख ५२ हजारको जुम्लाको मार्सी चामल बिक्री भएको छ ।‘हिमाली प्रोडक्ट ट्रेडिङ सेन्टर’ले म

होत्सवमा ९०० किलो मार्सी चामल बिक्री गरेको हो । अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अधिकांशको रोजाइमा मार्सी चामल हुने गरेको कक्षकी गङ्गादेवी राउतले बताउनुभयो । राउतका अनुसार काठमाडौँमा रहेको सो सेन्टरले मार्सी चामल भण्डारण गरी देशैभर विक्री वितरण गर्दै आएको छ ।

पहिले मार्सी चामलबारे थाहा पाएकाहरुले मात्र किन्थे, अहिले झापाका दुर्गा प्रसाईंले यसलाई ब्राण्ड नै बनाइदिनुभयो उहाँले भन्नुभयो, प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्र्रचण्’लाई मार्सी चामलको भात खुवाएपछि बिक्री बढेको हो । पूर्वको प्रमुख व्यापारिक शहर बिर्तामोडलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले आयोजित सो महोत्सवमा करीब रु दुई करोड बढीको कारोवार भएको आयोजक समितिका उपाध्यक्ष प्रकाश शिवाकोटीले बताउनुभयो ।महोत्सवमा घरेलु उत्पादनका साथै भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादन एउटै छातामुनि पाइएकाले आन्तरिक तथा बाह्य पर्यटनका लागि पनि यो महोत्सव एउटा आधारका रुपमा प्रस्तुत भएको उहाँले बताउनुभयो । उहाँका अनुसार २१० कक्ष रहेको महोत्सवमा मङ्गलबार साँझसम्ममा ७५ हजारभन्दा बढीले टिकट काटेर अवलोकन गरेका छन् । महोत्सव आज सकिँदैछ ।
 

प्रतिकृया दिनुहोस

दोलखाका स्थानीय तहको खर्चगर्ने क्षमता बढ्नुको सट्टा घट्दै

  दोलखाका स्थानीय तहको खर्चगर्ने क्षमता बढ्नुको सट्टा घट्दै गइरहेको छ। जिल्लाका दुईवटा नगरपालिका र सातवटा गाउँपालिकाको खर्च क्षमता घट्दै गएको

सरकारले थप ९ जिल्लामा स्वास्थ्य बिमा विस्तार

सरकारले थप ९ जिल्लामा स्वास्थ्य बिमा विस्तार गर्ने भएको छ। आगामी चैत भित्र सम्ममा स्वास्थ्य बिमा कार्यवन्यन गर्ने समाजिक सुरक्षा तथा विकास समितिले

डोल्पाको सदरमुकाम दुनैमा रहेको विद्युत नहरमा पहिरो जाँदा विद्युत सेवा बन्द

  दुर्गम हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैमा रहेको विद्युत नहरमा पहिरो जाँदा विद्युत सेवा बन्द भएको छ । सदरमुकाम दुनैमा रहेको जैरिगार विद्युत