• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 01:40:54

एकता प्रक्रिया छिट्टै टुङ्ग्याएर अभियानमा जाने

 

 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै संगठनका एकता प्रक्रिया छिट्टै टुङ्ग्याएर अभियानमा जाने बताएका छन्। बिहीबार भरतपुरमा संञ्चाकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले फागुन र चैतको अभियान जसरी पनि पुरा गर्ने प्रतिवद्धता जनाएका हुन्। 

‘सरकारको तर्फबाट दिनप्रतिदिन जनताको पक्षमा कार्यक्रमहरु घोषणा भएका छन्, विकास निर्माणका काममा गति पक्रिन थालेको छ’ उनले भने। भेनेजुयलाको बारेमा पार्टी सचिवालय बैठक बसेर हस्तक्षेपको बिरोधमा नै वक्तव्य जारी भएकाले अब अरु कुराले केही अर्थ नराख्ने समेत प्रचण्डले प्रष्ट पारे।‘नेपालमा शान्ति प्रक्रियाको बाँकी कामलाई अगाडि बढाउन कुनै समस्या नै छैन, सबै राजनीतिक दलहरुबीचमा सहमति नै छ’ उनले भन,‘ऐन संशोधनका निम्ति सबैसँग कुरा भएको छ, शान्ति प्रक्रियासँग सम्बन्धित विषय सत्ता पक्ष र प्रतिपक्षबीच एकै धारणा छ।’ प्रचण्डले नेपालको शान्ति प्रक्रियाको बारेमा विभिन्न राजदूतहरुको वक्तब्य नेपालको आन्तरिक मामिलामा अनावश्यक चासोको अभिव्यक्ति भएको बताए।

प्रतिकृया दिनुहोस

भट्टराईले देशमा भ्रष्टाचारको संकैमण फैलिएको बताए

 पुर्वप्रधानमन्त्री तथा नया शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचारको संकैमण फैलिएको बताएका छन् ।गुल्मीको मुसिकोट नगरालिका-७

नेकपाले संगठनिक एकता टुंगो लगाउन गठित कार्यदलको म्याद थप गर्नुपूर्व सदस्यहरुसँग छलफल

   नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संगठनिक एकता टुंगो लगाउन गठित कार्यदलको म्याद थप गर्नुपूर्व सदस्यहरुसँग छलफल गर्ने भएको छ ।सचिवालयको सोमबार

 राष्टपतिलाई भेट्न सत्ता पक्ष र प्रतिपक्षका दलका शीर्ष नेताहरु शितलनिवास

   राष्टपति भण्डारीलाई भेट्न सत्ता पक्ष र प्रतिपक्षका दलका शीर्ष नेताहरु शितलनिवास पुगेका छन्। राष्ट्रपति भण्डारीको निमन्त्रणामा आइतबार साँझ